मुसैली पोखरीको सौन्दर्यकरण तथा निर्माण कार्य अघि बढाउन माग गर्दै हुलाकी राजमार्गमा चक्काजाम
मलङ्गवा । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिकास्थित मुसैली पोखरीको सौन्दर्यकरण तथा निर्माण कार्य अघि बढाउन माग गर्दै युवाहरूले हुलाकी राजमार्गमा चक्काजाम गरेका छन्।
हिन्दु सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण यादव र सर्लाही क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति सुजित कुमार यादवको नेतृत्वमा मलङ्गवा नगरपालिकाका युवाहरूले उक्त माग राख्दै चक्काजाम गरेका हुन्।
मुसैली पोखरीको सौन्दर्यकरण तथा निर्माण कार्यलाई अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले चक्काजाम गरिएको हो।
